भक्तपुर, ३ फागुन । लोपोन्मुख अवस्थामा पुगेको खो खो खेल संरक्षण गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले यहीँ फागुन ५ देखि ९ गतेसम्म अन्तरनगर पुरुष खो खो प्रतियोगिता आयोजना गर्ने भएको छ ।
Advertisement
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख सुनिल प्रजापतिले नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न विधामा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नपा–१ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले प्रतियोगितामा प्रथम हुने टोलीलाई रु एक लाख ५० हजार, दोस्रोलाई रु एक लाख र तेस्रोलाई रु ५० हजार पुरस्कार, प्रमाणपत्रका साथै प्रतियोगितामा सहभागिता जनाउने नगरपालिकाहरुलाई रु पाँच हजार पुरस्कारको व्यवस्था गरिएको जानकारी गराउनुभयो ।