गोरखा, ६ फागुन । अजिरकाेट गाउँपालिका गोरखा जिल्लाको उत्कृष्ट गाउँपालिका बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगकाे कार्य सम्पादन सुचाङ्कका आधारमा गाेरखाका पालिकाहरुमा अजिरकाेट प्रथम भएकाे हो । आयाेगले देशैभरीका महानगर, उपमहानगर, नगरपालिका र पालिका सहित सबै तहका सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो ।
गाेरखाका गाउँपालिकाहरुमा अजिरकोट गाऊँपालिकाले ६९ दशमलव ४७ अङ्क ल्याएर प्रथम भएकाे छ भने ६७ प्रतिशत अंक प्राप्त गरी गण्डकी गाउँपालिका दाेस्राे भएकाे आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
नगरपालिका तर्फ भने गाेरखा नगरपालिका प्रथम र पालुङ्टार दाेस्राे भएका छन् । वारपाक सुलिकोट गाऊँपालिकाले ६६ दशमलव ९१ प्रतिशत, आरुघाट गाऊँपालिकाले ६४ दशमलव २१, भिमसेनथापा गाऊँपालिकाले ६२ दशलमव ७९ तथा पालुङटार नगरपालिकाले ६२ प्रतिशत अंक प्राप्त गरेका छन् ।