चितवन, १५ फागुन । नेपाल प्रजातान्त्रिक फार्मेसी संघका प्रदेश र जिल्ला संयोजकमा क्रमशः रोशन बस्नेत र बिजन बगाले मनोनित हुनु भएको छ । आज एक विज्ञप्ति जारी गर्दै संघको केन्द्रीय समितिले बस्नेत र बगालेलाई उक्त जिम्मेवारीमा मनोनित गरेको हो ।
संघका कार्यवाहक अध्यक्ष सुदिपराज सुवेदीले आज एक सूचना जारी गर्दै विभिन्न जिल्ला र प्रदेशमा जिम्मेवारी तोक्नु भएको छ । जस अनुसार चितवनमा बगाले चयन हुनु भएको हो । तीन महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी जिम्मेवारी दिएको बगालेले बताउनुभयो । फार्मेसी पेशाको विकास र फार्मेसी जनशक्तिको हकहितमा कार्य गर्ने गरी जिम्मेवारी पाएको उहाँले बताउनुभयो ।
केन्द्रीय समितिले प्रदेश संयोजक पनि तोकेको छ । जस अनुसार १ को संयोजकमा जीवनकुमार खड्का, मधेश प्रदेशमा तेजेन्द्रकुमार शाह, बागमतीमा रोशन बस्नेत, गण्डकीमा सुरेश आचार्य, कर्णालीमा निरञ्जन बिक्रम शाही हुनुहुन्छ ।
यस्तै ओमकार सापकोटा र श्रवण ढकाललाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ भने अनिल काफ्लेलाई काठमाण्डौं जिल्ला संयोजक तोकिएको छ ।