भरतपुरको स्याउलीबजार स्थित भ्याली स्टेट कलेजले ३ दिने लिडरसीप कार्यक्रम सम्पन्न गरेको छ ।
विभिन्न बौद्धिक बिकास उपयोगी कार्यक्रम, सामुहिक खेलहरु, रोडिज,भिडियो प्रतियोगिता लगाएत बृक्षरोपण कार्यक्रम आयोजना गरिएको थियो । लिडरसीप कार्यक्रममा बीस समुह सहभागी थिए ।बिबिए अन्तिम सेमेस्टरले आयोजना गरेको कार्यक्रमको नाम “भि.एस.सि लिडरसीप गला २०२३” रहेको थियो ।
विद्यार्थीहरु द्वारा नै आयोजित उक्त कार्यक्रमले विद्यार्थीहरुको नेतृत्व बिकास एवम बौद्धिक अभिबृद्दी हुनका साथै कार्यक्रमले सहभागी विद्यार्थीमा सामुहिक क्रियाकलापमा अग्रसर हुन सहयोग पुर्याउने एवम क्षमताको बिकास हुने कलेजका पृन्सिपल बाबुराम खनालले कार्यक्रममा जानकारी गराए ।
कार्यक्रम प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीले प्रायोजन गरेको थियो भने ईन्सुरेन्स पाट्नर हिमालयन लाईफ ईन्सुरेन्स , डिजिटल मार्केटिङ पाट्नर डिजिटल सेवा नेपाल रहेको थियो ।साथै कार्यक्रम भि ईभेन्ट्सले ब्यवस्थापन गरेको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रम सम्योजक सरिना तामाङले यसप्रकारको कार्यक्रमले समग्र विद्यार्थीको आफ्नो क्षमताको पहिचान ,मौलिकताको जगेर्ना ,बौद्धिक बिकास गर्ने ,साथै उक्त कार्यक्रम भरतपुरमा पहिलो पटक आयोजना गरिएको समेत जानकारी गराईन ।