काठमाडौं, १७ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण उपलब्धिहीन भएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री दाहाल सञ्चै चीन जानु र सञ्चै फर्किनुबाहेक अर्को उपलब्धि आफूले नदेखेको टिप्पणी गरेका छन् ।
आज (बुधबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री प्रचण्डको भारतको उज्जैनस्थित् महाकालेश्व मन्दिरको पूजाआजादेखि चीन भ्रमणमा जाँदा कैलाश मानसरोवरसम्मको धार्मिक यात्रालाई ‘पाप पखाल्न’ गएको भनि आरोप लगाए ।
उनले भने,‘तपाईँहरू घरमा पूजा लगाउनु हुन्छ नि !, कसले कत्रो पाप गरेको छ, उसले उत्रै पूजा लगाउँछ । उहाँको यात्रा पनि त्यस्तै हो ।’ उनले देशमा अहिले कांग्रेस नै नभएको पनि टिप्पणी गरे । कांग्रेस भएपनि कांग्रेसको बोल्ने हविगत नभएको उनको आरोप छ ।
उनले भने,‘देशमा कांग्रेस कहाँ छ र ? घोच्दा दुख्छ–दुख्दैन भनेर यसका नेताहरूलाई सोध्नु उ बोल्दैन । बिचरा कांग्रेसका नेताहरू । राजनीतिक गर्ने पाटीले बोल्नुपथ्र्याे । तर उ बोल्दैन । बोल्ने हविगत पनि छैन । अब कांग्रेस बोल्न सक्दैन ।’