काठमाडौँ । खानी तथा भूगर्भ विभागले खनिज उत्खनन र खोजतलासका यस अघि वितरण गरिएका अनुमतिपत्रहरु नवीकरण गर्ने भएको छ ।
Advertisement
विभागले सूचना जारी गर्दै तीन महिनाभित्र नवीकरणका लागि आर्थिक वर्ष २०७९/८० मा म्याद सकिएको तीन महिनाभित्र नवीकरणका प्रक्रिया अघि बढाउन जनाएको छ ।
विभागद्वारा खानी तथा खनिज पदार्थ ऐन, २०४२ तथा सोको नियमावली, २०५६ अन्तर्गत खनिज उत्खनन र खोजतलास अनुमति पत्र प्राप्त केही व्यक्ति वा कम्पनीले उक्त ऐनको दफा ७ र नियमावलीको नियम ४२ को व्यवस्था अनुसार नवीकरण गर्न लागिएको जनाएको छ ।