काठमाडौं । भन्सार छली गरेर लैजाँदै गरेको १ सय ८६ ग्राम सुन त्रिभूवन अन्तराष्ट्रिय एयरपोर्टमा गएराति बरामद भएको छ । विमानस्थलको आगमन टनेल गेटबाट भन्सार छली लैजान लागेको सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बालाजुका ४० वर्षीय संगीत केसी र ४२ वर्षीया सुनिता श्रेष्ठ केसी रहेका छन् ।
Advertisement
नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा संगीतको साथबाट करिब ९५ ग्राम तौलका २ थान सिक्री तथा १ औंठी र सुनिताको साथबाट ९१ ग्राम तौलका २ वटा सिक्री फेला परेको प्रहरीले जनाएको छ ।
दुई दिनअघि एयरपोर्टबाट करिब ४ सय ७२ ग्राम सुनसहित भारतीय नागरिक ३९ वर्षीय सेहजाद पक्राउ परेका थिए ।