फाल्गुन १२ विश्व रक्तदाता स्व.अर्जुन प्रसाद मैनालीको १३ औ दिनको पुन्य तिथिमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनामा भरतपुर र काठमाडौमा एकैपटक रक्तदान कार्यक्रम आयोजना भएको थियो । उक्त कार्यक्रममा भरतपुरमा २५ पिन्ट र काठमाडौमा १५ पिन्ट गरि जम्मा ४० पिन्ट रगत संकलन भएको थियो ।
विश्वको ६ वटा महादेश र २० भन्दा बढी देशमा पुगि २०६ औ पटक रक्तदान गरि साथै रक्तदाताहरुलाई उत्प्रेरणा गर्दै विश्वमा “विश्व रक्तदाता ” ले चिनिनु भएका स्व.मैनालीको माघ २९ गते अमेरिकामा मृत्यु भएको थियो । मैनालीको रक्तदान क्षेत्रमा पुर्याउनु भएको योगदानको सम्झनामा रक्तदाताहरुको सस्था ब्लड डोनर्स सोसाइटी नेपालले रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
स्व. मैनाली यस संस्थाका संस्थापक सल्लाहकार समेत रहेका थिए ।
भरतपुर चितवनको कार्यक्रम प्रादेशिक रक्तसञ्चार केन्द्र ,भरतपुरमा आयोजना भएको थियो ।उक्त कार्यक्रम बीच रक्तसञ्चार केन्द्र भरतपुरले समेत श्रद्धाञ्जली अर्पण गरेको थियो । कार्यक्रममा सस्थाका सस्थापक अध्यक्ष अर्जुन अधिकारी , वरिष्ठ उपाध्यक्ष हरि न्यौपाने ,उपाध्यक्ष सन्तोष शाह ,महासचिव अन्जन दवाडी ,सचीव अन्जन तिवारी लगायत केन्द्रिय समितिका पदाधिकारीहरुको समेत उपस्थिति रहेको सस्थाका अध्यक्ष अधिकारीले जानकारी गराउनुभयो ।
काठमाडौं-क्षेत्रमा भएको रक्तदान कार्यक्रममा बिश्व साइकल यात्री पुष्कर शाहको प्रमुख आतिथ्यमा सो रक्तदान कार्यक्रम भएको थियो । साथै लायन्स क्लबहरु सँग सहकार्य गरि सो कार्यक्रम सभ्य र भब्यका साथ सम्पन्न भएको काठमाडौं-क्षेत्रका संयोजक तथा केन्द्रीय सल्लाहकार राजिब श्रेष्ठले जानकारी गराउनु भयो। अन्तिममा संस्थाले गर्दै आएको कार्यहरुमा स्वर्गीय मैनालीज्युको बिशेष योगदान हुन्दै आएकोमा अबको दिनमा अझ सबल र अबल रुपमा संस्थालाई अघि लैजाने सल्लाहकार श्रेष्ठले बताउनु भयो।