ललितपुर, ३१ साउन ।
Advertisement
उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ ।मस्तिष्कको क्यान्सरबाट ग्रसित न्यायधिस रेग्मीको ६१ वर्षको उमेरमा निधन भएको हो ।
उच्च अदालत पाटनले का सूचना अधिकारी अर्जुन आचार्यका अनुसार ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधवार राति उनको निधन भएको हो ।न्याय सेवाका सहसचिव रहेका रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।