भरतपुर,भदौ ३-
शैक्षिक क्षेत्रमा अब्बल बन्दै गइरहेको सेन्ट्रल कलेजले चितवन र नवलपुरका प्लस टु अध्ययन गरेका विद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रम गर्ने भएको छ । कलेजले भोली (मंगलबार) र पर्सी (बुधबार) सम्मान कार्यक्रमको आयोजना गरेको हो । भरतपुर ओरालोस्थित सेन्ट्रल टावरमा आयोजना गरिएको सम्मान कार्यक्रम भोलि भरतपुर र पर्सी पूर्वी चितवन र नवलपुरका विद्यार्थीलाई आमन्त्रण गरिएको छ । सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले बधाई तथा सम्मान कार्यक्रममा सहभागि हुन सबै विद्यार्थीलाई आब्हान गर्नुभयो । उहाँले कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा प्रिन्सिपल पौडेलले करियर काउन्सलिङ गर्नुहुनेछ भने सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिनेछ । कार्यक्रममा सहभागि हुन आउने विद्यार्थीका लागि गाडिको समेत व्यवस्था गरिएको प्रिन्सिपल पौडेलले बताउनुभयो ।
कार्यक्रममा सहभागि विद्यार्थी सेन्ट्रल मोडेल कलेजमा बिएचएम र बिआइएम अध्ययन गर्न चाहे बिशेष छुट प्रदान गरिने उहाँले बताउनुभयो । एडमिसनमा सत प्रतिशत स्कलरसिप र राम्रो अंकका साथ प्लस टु पास भएका विद्यार्थीलाई भारी छुट प्रदान गरिने प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो ।
सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा, दक्षिण कोरिया लगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको छ । बिद्यार्थीका लागि निःशुल्क बस सेवा समेत प्रदान गरिरहेको कलेजले होस्टलको समेत व्यवस्था गरेको छ । सेन्ट्रल कलेजमा भाषा कक्षा लिन चाहाने विद्यार्थीका लागि जापनिज, कोरियन, आइएलटिएस, पिटिइका कक्षाहरु पनि धमाधम सञ्चालन भइरहेका छन । विभिन्न देशमा सम्पर्क कार्यालय रहेको कलेजले चितवन, नवलपुर लगायतका जिल्लामा खेलकुद क्षेत्रको विकाससंगै सामाजिक काम समेत गर्दै आइरहेको छ ।