चितवन ।
ब्लड डोनर्स सोसाइटी नेपाल भरतपुर महानगर समिती गठन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिती चितवनमा रक्तदान कार्यक्रम समेत आयोजना गरि नगर सम्मेलनबाट महानगर समिती गठन गरिएको हो ।
सक्षम दवाडीको संयाेजकत्वमा ११ सदस्यीय नगर स्तरीय समिति बनेको हो ।
संस्थाको चितवन जिल्ला अध्यक्ष एकराज बुर्लाकोटीको अध्यक्षता एवं जिसस चितवन जिल्ला प्रमुख नारायणअधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा ब्लड डोनर्स सोसाइटी नेपालका संस्थापक अध्यक्ष अर्जुन अधिकारी लगाएत केन्द्रिय कमिटीका पदाधिकारीहरु ,सल्लाहकारहरुकाे समेतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले रक्तदाता संगठित गर्ने अभियान देशैभर चल्ने र रगतको अभावमा कसैले ज्यान गुमाउन नपर्ने गरि संजाल बनाउने समेत जानकारी गराउनुभयो ।
युवाहरु सक्रिय रुपमा लागि पर्दा मेडिकल सिटि चितवनमा रगत अभाव हुन नदिएको र अझै सक्रिय बन्न सरकारले प्रोत्साहन गर्नुपर्ने जिसस प्रमुख नारायण अधिकारीले जानकारी गराउनुभयो ।